शरद रिजाल, काठमाडौ(बागमती प्रदेश ब्यूरो) । नेपाल पत्रकार महासंघ बर्दिया शाखाले पत्रकारको चरित्रहत्या गर्ने, मानमर्दन गर्ने तथा विभिन्न माध्यमको प्रयोग गरेर पत्रकारलाई धम्क्याउनेलाई अनुसन्धान गरि कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
महासंघ अध्यक्ष यादव आचार्य हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, "नेपाल कागज अनलाइन पत्रिकामा मिति २०८० मंसिर १० गते प्रकाशित "बर्दियाको मधुवन वडा नम्बर ३ मा लुटतन्त्र शीर्षकको समाचार लेखेको विषयलाई लिएर पत्रकार हरि गुरुङ माथि धम्की पूर्ण शैलीका फोन एवं व्यवहारहरू गरिएको कृयाकलापहरू प्रति नेपाल पत्रकार महासंघ बर्दियाको ध्यानाकर्षण भएको छ ।"
विज्ञप्तिमा भनिएको छ, "समाचार लेखिएकै भरमा श्रमजीवी पत्रकारमाथि मानसिक तेजोबध हुने गरि गरिएका यस्ता हर्कतको महासंघ दुख व्यक्त गर्दछ ।
समाचारको विषयमा चित्त नबुझे कानुनी प्रक्रियामा जान सक्ने बाटो हुँदाहुँदै समाचार लेखेकै भरमा पत्रकारमाथी गरिने ज्यादती विरुद्व नेपाल पत्रकार महासंघ बर्दिया घोर निन्दा तथा भत्सर्ना गर्दै आगामी दिनमा कसैले पनि यस्ता हर्कत नदोहोर्याउन भन्दै पत्रकारको सुरक्षाको ग्यारेन्टीका लागि सम्बन्धित निकाय र सरोकारवाला निकायहरूसँग जोडदार माग गर्दछ ।"
समाचारको विषयमा सामाजिक सञ्जालमा मिडियाको लोगो दुरुपयोग गरेकाले नेपाल प्रेस काउन्सिललाई जानकारी गराइ नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरोमा उजुरी परेको छ ।
नृप सिंह ठकुरी नामक फेसबुक आइडिबाट पत्रिकाको लोगो तथा स्कृनशट दुरुपयोग गरेको भिडियोका बारेमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दलाई जानकारी गराइएको छ । नेपाल सराकारको सुचना मन्त्रालय, सुचना बिभाग र पत्रकारको नियमनकारी स्वतन्त्र संस्था प्रेस काउन्सिलमा सूचीकरण भएको आधिकारिक लोगो प्रयोग गर्ने/गराउने तथा संस्थाको नाम लिँदै भिडियो बनाएर पत्रकारलाई र संस्थालाई इंगित गर्ने र उक्त निजि भिडियोमा नियोजित रुपमा बोल्नेलाई समेत हदैसम्मको कारबाहीको माग काठमाडौंका विभिन्न मिडियामा आवद्ध पत्रकारहरूले उपनिर्देशक एसपी चन्दसंग गरेका छन । उक्त भिडियोमा सम्मान पुर्वक पुर्वाग्रह नराखी बोल्ने बाहेक अन्यलाई समेत भिडियोमा बोलेर पत्रकारको मानमर्दन गर्नेलाई समेत कानुनको दायरामा ल्याउन पत्रकारहरूले माग गर्नुभएको छ ।
एसपी चन्दले पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, "यो घटनालाई प्राथमिकताका साथ अनुसन्धान गर्छौँ र साइबर अपराध गर्ने कोहिकसैलाई छुट नभएकोले कानुनको दायरामा ल्याउने प्रतिबद्धता जनाउँछु ।"
त्यस्तै जिल्ला प्रहरी कार्यालय बर्दियाले यस घटनामा चासो देखाएको छ । प्रहरी नेतृत्वले पत्रकारको सुरक्षामा आफू गम्भीर रहेको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (सुपरिटेन्डेन्ट अफ पोलिस) एसपी सुधीर राज शाहीले नेपालकागजसंग भन्नुभयो, 'हामी जनताको सुरक्षामा कटिबद्ध छौँ । कुनैपनी पत्रकारलाई संस्थालाई धम्की आएको छ भने हामी कानुनको दायरामा ल्याउछौँ ।'
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डेपुटी सुपरिन्टेन्डेन्ट अफ पोलिस) डिएसपी तुल्सी राम अर्यालले भन्नुभयो, 'पत्रकारलाई सार्वजनिक रुपमा मानमर्दन गर्ने, असुरक्षाको अनुभुती गराउने कुनैपनी ब्यक्तिलाई कारबाहीको दायरामा ल्याइन्छ ।'
पत्रिकाको लोगो दुरुपयोग गर्दै संस्थाको नाम लिँदै मिथ्या सुचना र भ्रम फैलाई समाजमा पत्रकारलाई असुरक्षाको महसुस गराउने उक्त व्यक्तिको खोजी कार्य भैरहेको प्रहरी स्रोतले बतायो । स्रोतका अनुसार पत्रकार महासंघ बर्दियाले निकालेको प्रेस विज्ञप्तिमा सुरक्षा निकायको ध्यानाकर्षण भएको छ । शान्ति सुरक्षामा खलल पुर्याउने अराजक तत्वलाई कानुनी दायरामा ल्याउन अहिलेको प्रहरी नेतृत्व (एसपी डिएसपी)ले शून्य सहनशीलता अपनाएको छ । अहिलेको प्रहरी नेतृत्वहरू दबाब र प्रभाव नमान्ने भएकाले यहाँका तस्कर यी एसपी डिएसपी छिटो भन्दा छिटो सरुवा हुन भन्दै नेताको दैलो चहारिरहेको अवस्था छ । स्वतन्त्र पुष्टि हुन नसकेपनी कालो भाले काटेर चढाउँछुभन्दै भाकल मागेको कुरा पनि बजारमा चर्चा छ ।