सन्दिप नाथ योगी(लुम्बिनी प्रदेश ब्युरो), बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर ५ मतंगा टोलका निवासी किसन राठौर छठ पर्व मनाउन श्रीमती सहित भारतको उत्तर प्रदेशमा पर्ने मिहिपुरुवा गएका थिए । चाडपर्व मनाएर श्रीमतीलाई लिएर आउँदै थिए । उनले त्यहाँ श्रीमती सहित नास्ता खाए र केही घरायसी सामान किने । नास्ता खाने ठाउँमा नेपाली ५०० रुपैयाँ दिए । १०० रुपैयाँको नास्ता खाएका उनलाई २० र १० को नेपाली रुपैयाँको फुटकर पैसा पसलेले दियो ।
अनि उनि फेरि घरायसी सामान किन्न लागे २-४ हजारको सामान किने र पैसा तिरे त्यहाँपनी बाँकी रकम फिर्ता गर्दा २०-५० रुपैयाको फुटकर गड्डी पैसा पसलेले दियो ।
अब सुरु हुन्छ नयाँ कथा । उनी पेट्रोल पम्पमा पेट्रोल भराउन गए र भारु नोट दिए । उक्त नोट नक्कली नोट भएको पेट्रोल पम्पका साहुले भने पछि उनी झस्किए । उनी असमञ्जसमा परे । अब के गर्ने भन्ने रनभुल्लमा परे । उनी आफै पीडित भएता पनि कानुन अनुसार नक्कली नोट लिएर हिनेको भन्दै प्रहरीले पक्राउ गर्न सक्ने भयले उनलाई समात्यो । त्यस पछि उनले नेपाल कागजलाई सम्पर्क गरे । उनले भने, "म आफै ठगिएको छु, अब त्यो नोट लिएर हिन्ने कुरा पनि भएन । जति नक्कली नोट छन सब जलाइदिन्छु। म पीडित भएँ । म सम्पूर्ण बर्दियावासीलाई भारू नोट नलिन सुझाव दिन्छु । सकेसम्म कारोबार गर्दा भारतीय रुपैयाँमा नगरेर नेपाली करेन्सी (रुपैयाँ)मा गर्नुहोस् ।"
तसर्थ भारत जाने जनताहरूले सजग भएर कारोबार गर्नुपर्ने आवश्यकता छ । भारतसँग रोटीबेटीको सम्बम्ध छ । धेरैको माइत ससुराली भारतमा रहेकाले जनताहरू चाडपर्वमा भारत जाने गर्छन । यस्तै मौका छोपी कारोबारीहरूले नेपालीलाई पीडित बन्ने गरि फसाउँछन ।
यता उक्त नक्कली नोट जस्ताको त्यस्तै भारतिय नोट जस्तै देखिन्छ तर नोटको कागज भने न्यून स्तरको रहेको भेटियो ।
नक्कली भारतीय नोट हो भनेर कसरी पत्ता लगाउने ?
भारतीय मुद्रामा वाटरमार्क हुन्छ । यो वाटरमार्कले तपाईंलाई नक्कली नोटहरू वास्तविक नोटहरूबाट छुट्याउन मद्दत गर्दछ। नक्कली मुद्रा बनाउनेहरूले वाटरमार्क बनाउन भारी तेल वा ग्रीस प्रयोग गर्छन्। यस कारण, वाटरमार्क सामान्य भन्दा बाक्लो देखिन्छ। त्यसैले कसैबाट पैसा लिँदा वाटरमार्कमा ध्यान दिनुहोस् ।
नक्कली नोट पत्ता लगाउन, तपाईंले 'रिजर्व बैंक अफ इन्डिया' शब्दहरूको टाइपोग्राफी जाँच गर्न सक्नुहुन्छ। यी शब्दहरू नक्कली नोटमा बोल्ड देखिन्छन्, जबकि वास्तविक नोटमा तिनीहरू धेरै चिल्लो देखिन्छन्।
भारतीय मुद्रामा प्रष्ट सेखिनेगरि संख्यात्मक अंक हुन्छ । यी अंकहरूले तपाईंलाई नक्कली मुद्रा पहिचान गर्न मद्दत गर्नेछ । यदि तपाईंले ध्यानपूर्वक हेर्नुभयो भने, तपाईंले यी नम्बरहरूको खराब ढाँचा देख्नुहुनेछ। तपाईंले यी संख्याहरू बीचको अजीब अन्तर देख्नुहुनेछ वा संख्याहरू धेरै सानो देखिनेछन् । यस मार्फत तपाईले नोट नक्कली हो वा सक्कली पहिचान गर्न सक्नुहुन्छ।
नोटमा भएको मसी पनि जाँच गर्नुपर्छ । नक्कली नोटलाई ध्यान दिएर हेर्नुभयो भने खराब प्रिन्टिङ देख्नुहुनेछ । यदि तपाईंसँग नक्कली नोट छ भने, तपाईंले धुलो मसी वा भाँचिएको लाइनहरू देख्नुहुनेछ। यसरी पनि तपाईले तपाईसँग भएको मुद्रा नक्कली हो कि भनेर पत्ता लगाउन सक्नुहुन्छ ।
यदि तपाईंसँग सक्कली नोट छ भने, तपाईंले बीचमा प्रष्ट धागो जस्तो मसिनो रेखा देख्नुहुनेछ। यो रेखालाई सुरक्षा थ्रेड भनिन्छ । तर यो थ्रेड नक्कली नोटमा हुँदैन प्रीन्ट गरेर छापिएको हुन्छ । नजिकबाट नियालेर हेरेमा नक्कली नोट हो भन्ने थाहा भैहाल्छ ।