सन्दिप नाथ योगी, राजेश कुर्मी, बर्दिया ।समृद्ध बर्दियाका प्रमुख आधार, कृषि, पर्यटन, उद्योग, सांस्कृतिक र पूर्वाधारको वैचारिक तथा स्थूल (व्यवहारिक) नारा लिएर पौष ६ देखी १६ गते सम्म सञ्चालनमा रहेको प्रादेशिक कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०८० बर्दिया गुलरियामा दिनानुदिन दर्शक र आगन्तुक जनताको बढ्दो उपस्थितिले महोत्सव सफल भएको पूर्वानुमान गर्न सकिन्छ । यो महोत्सवले बर्दियालाई देशमै चिनाउने, स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने, कृषि तथा पर्यटनलाई बढवा दिँदै बर्दियाको मुहार फेर्न आयोजना गरिएको उद्योग वाणिज्य सङ्घ गुलरियाका अध्यक्ष तथा लुम्बिनी प्रदेश महासंघ सदस्य देवेन्द्र पाण्डेले बताउनु भयो ।
अध्यक्ष तथा लुम्बिनी प्रदेश महासंघका सदस्य देवेन्द्र पाण्डेले यो महोत्सवलाई सफल पार्न योगदान दिएका सबैलाई धन्यवाद दिँदै भन्नुभयो, "उद्योग वाणिज्य सङ्घ गुलरियाका पदाधिकारी, पूर्व अध्यक्ष तथा पदाधिकारी, राजनीतिक दलका सबै नेताहरू, सुरक्षा निकाय, आम जनसमुदाय, स्थानीय जनता तथा बुद्धिजीवी तथा पत्रकारहरूलाई धन्यवाद दिन्छु ।"
उहाँले भोली पौष ९ गतेका मुख्य आकर्षण तथा कार्यक्रमको जानकारी दिनुभयो । उद्योग वाणिज्य सङ्घ गुलरियाका अध्यक्ष तथा लुम्बिनी प्रदेश महासंघका सदस्य देवेन्द्र पाण्डेले दिएको जानकारी अनुसार कार्यक्रम यस्तो रहनेछ ....
बर्दियामा बौद्धिक व्यक्तित्वको रूपमा पहिचान बनाउन सफल उद्योग वाणिज्य सङ्घ गुलरियाका अध्यक्ष पाण्डेले उद्घोषक दीपक खड्का, उद्घोषक शोभा त्रिपाठी, गायिका एलिना चौहान, गायक राज कुश्मी, गायक रामजी खाण, दीपिका चौधरी मोडल तथा डान्सरहरूको कार्यक्रम रहेको जानकारी दिनुभयो । यो महोत्सव मात्र नभएर बर्दियालाई चिनाउने एउटा ब्रम्हास्त्र भएकाले सबैको सहयोग, सुभेक्षा, माया तथा साथ काँधमा काँध लिएर अगाडि बढ्नुपर्ने अध्यक्ष पाण्डेको सोँच रहेको हाम्रा उद्योग वाणिज्य संघ गुलरियाका हार्मा विश्वस्त स्रोतले जानकारी दिनुभयो ।