अभिनेता पल शाहको क्रेजले प्रादेशिक व्यापार महोत्सव गुलरियामा थाम्नै सकिएन भिड, दर्शकले बार नै भत्काए
राजेश कुर्मी, बर्दिया । उद्योग वाणिज्य सङ्घ गुलरिया परिवारको आयोजनामा लागेको प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा अभिनेता पल शाहको आगमनले महोत्सवमा थाम्नै नकिने दर्शकको भिड आयपछि सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो । तर बर्दिया प्रहरी, सशस्त्र प्रहरी बर्दिया तथा स्वयंसेवक गार्डहरूले देखीको सजगताका कारण कुनै अप्रिय दुर्घटना भएन । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बर्दियाबाट खटिएको टोलीले बालबालिकाको उद्धार गर्नुका साथै महिला, वृद्ध वृद्धालाई सुरक्षित राख्न देखाएको सकृयाताले उद्योग वाणिज्य सङ्घ गुलरिया परिवारले धन्यवाद तथा सम्मान व्यक्त गरेको छ ।
प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा आउनुभएको अभिनेता शाहको प्रस्तुतिमा थाम्नै नसकिने भिड देखिएको थियो । महोत्सवमा अभिनेता शाहलार्ई हेर्न ठुलो सङ्ख्यामा दर्शकहरू टिकट काटेर आएका थिए । गुलरिया महोत्सवमा शाह पहिलो पटक आएकोले पनि महोत्सवको उमङ्ग बेग्लै देखिएको थियो । महोत्सवमा पल शाहले दर्शकसँग हात मिलाउन खोज्दा महोत्सव स्थलमा खटिएका सुरक्षाकर्मीले सुझबुझ पूर्वक भिड थामेका थिए । त्यति मात्रै नभएर सुरक्षाकर्मीले पल शाहलाई सुरक्षित तवरले ल्याउने र लग्ने काम मात्र नगरेर उद्योग वाणिज्य सङ्घ गुलरियाका पदाधिकारी, स्थानीय जनता तथा पत्रकारलाई समेत सुरक्षित राख्न सफल भएको थियो । सुरक्षाकर्मीले देखाएको यस्तो सक्रियताले कार्यक्रम सम्पन्न हुन सकेको थियो । सुरक्षाकर्मीले देखाएको तत्परता, सजगता तथा कर्तव्यको सम्मान गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष यादव आचार्यले जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (सुपरिटेन्डेन्ट अफ पोलिस) एसपी सुधीर राज शाही, सशस्त्र प्रहरी बल बर्दियाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (सुपरिटेन्डेन्ट अफ आर्म्ड पोलिस) एसपी हर्क शाही, जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डेपुटी सुपरिन्टेन्डेन्ट अफ पोलिस) डिएसपी तुलसी राम अर्याल र सम्पूर्ण सुरक्षाकर्मीहरूलाई धन्यवाद दिनुभयो ।
त्यस्तै नेपाल कागजका सह-सम्पादक तथा लुम्बिनी प्रदेश ब्युरो प्रमुख सन्दिप नाथ योगीले नेपाल प्रहरी, सशस्त्र प्रहरीले पत्रकारहरूलाई सुरक्षा प्रदान गर्दै, महोत्सवमा आएका बालबालिका, आमा बुवा तथा सम्पूर्ण कलाकार, सम्पूर्ण महोत्सवलाई सफल बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै बर्दिया नेपाल प्रहरी तथा बर्दिया सशस्त्र प्रहरी नेतृत्व तथा सम्पूर्ण प्रहरी परिवारलाई धन्यवाद दिनुभयो ।
महोत्सव अवलोकन गर्न आएका दर्शकहरू शाहको आगमन हुनासाथ बार नै भत्काएर चिरेरै शाह नजिकै पुगेका थिए । अभिनेता शाहको भरखरै मात्र सार्वजनिक भएको लोकप्रिय म्युजिक भिडियो एक दुई तीन चार स्वीकार मेरो नमस्कार बोलको प्रस्तुतिमा महोत्सवका दर्शकहरू रमाई रमाई नाचेका थिए । अभिनेता शाहको प्रस्तुतिले गुलरिया महोत्सवका दर्शकहरू अबेर झाससम्म महोत्सव स्थलमा बसेर शाहको प्रस्तुतिमा रमाई रहेका थिए । दर्शकलाई थामी नसक्नु भिडले केही समय पल शाहको प्रस्तुतिलाई आयोजकले रोक्न बाध्य भएको थियो ।
उद्योग वाणिज्य सङ्घ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे, वरिष्ठ उपाध्यक्ष ईन्द्र कुमार श्रेष्ठले नायक शाहलाई बर्दियाली जनताको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।
हेर्नुहोस् तस्बिर