शरद रिजाल(काठमाडौँ), अनोज थारु, राजेश कुर्मी, बर्दिया । २३ औँ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा साताव्यापी कार्यक्रम अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वार्टर बर्दियाले रक्तदान कार्यक्रम गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वार्टर बर्दियाले रक्तदान कार्यक्रम गरेर आफ्नो समाज प्रतिको दायित्व पुरा गरेको छ । रक्तदान भन्नु नै जीवन दान हो । रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजसेवी दयावीरसिंह कंसकार नेपालका पहिलो रक्तदाता हुनुहुन्छ । नेपालमा बर्सेनि करीब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अप्रेसन पनि पहिलेको तुलनामा बढेकाले रगतको माग आकासिएको छ ।
आधुनिक विज्ञानले धेरै प्रगति गरेता पनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् । ब्लड बैङ्कहरूले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरूले पनि रक्तदान नगर्ने प्रवृत्तिले गर्दा देशमा रगतको चरम सङ्कट परेको छ । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्वनडाइअक्साइड, युरियाजस्ता विकार ओसार–पोसार गर्छ । रगतको रातो रक्तकणले अक्सिजन तथा कार्वनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ।
अधिक रक्तस्रावका बिरामी, प्रसूति, मुटु–मस्तिष्क लगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ । थालासेमिया, ल्यूकेमिया लगायतको रक्त क्यान्सर, हेमोफिलिया लगायतको रक्त क्यान्सर, हेमोफिलिया र रक्त अल्पताजस्ता समस्यामा तारनतार रगत चाहिरहन्छ । २३ औँ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा सशस्त्र प्रहरी बल बर्दियाले रक्तदान गरेर, नेपालभरकै सशस्त्र प्रहरी बल हेडक्वार्टर, गुल्म, बाहिनी लगायतमा सशस्त्र प्रहरीले गरेको रक्तदानले यस्ता कयौँ मानिसको अमूल्य जीवन बच्छ ।
संगठन भित्र र बाहिर ईमान्दार र हक्की स्वभावका एसएसपी प्रहरी वरिष्ठ उपरीक्षक जहर सिंह बुढा मगर जो बर्दियामा एसपी हुँदा यार्सागुम्बा पक्राउ गर्ने देखि लिएर तस्करीको सञ्जाल भताभुंग पार्न सफल उहाँसँग सम्पर्क गर्दा उहाँले संक्षिप्त छोटो उत्तर दिँदै भन्नुभयो, "सशस्त्र प्रहरी बलको काँधमा जनताको सुरक्षा, देशको सुरक्षा, राजस्व छली रोक्नुपर्ने अभिभारा, सीमाको सुरक्षा गर्ने मात्र नभएर हामी हाम्रो आइजी साब, एआइजी साब, डिआइजीसाबहरूले दिएको निर्देशन र अभिभारा बोकेर काम गर्छौँ । हामी जनताका सेवक हौँ । जनता हाम्रा सम्पत्ति हुन । २३ औँ एपीएफ दिवस आउँदैगर्दा सबैलाई सुभकामना ब्यक्त गर्दछु ।"
सशस्त्र प्रहरी बल केन्द्रीय हेडक्वार्टर प्रवक्ता एवं सूचना अधिकारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिनियर सुपरिटेन्डेन्ट अफ आर्म्ड पोलिस फोर्सका राजेन्द्र खड्काले नेपाल कागजसँग कुरा गर्दै भन्नुभयो, " २३ औँ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै दिवस मनाइ रहेका छौँ । राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २० हजार तेस्रो हुनेलाई १५ हजार र अन्यलाई ७ जना शान्तावना प्राप्तलाई ५-७ हजार पुरस्कार दिएका छौँ । त्यस्तै नेपाल प्रहरीसँग मैत्रीपूर्ण भलिबल तथा फुटबल र पत्रकारहरूसँग मैत्रीपूर्ण भलिबल तथा फुटबल खेल्ने कार्यक्रम रहेको छ । हामी छौँ है जनताको लागि जिउधनको सुरक्षा मात्र नभएर जनताको पिडा मर्कामा साथ दिन र रक्तदान जीवन दान हो, रक्तदान गर्न डराउन हुँदैन भन्ने सन्देश प्रवाह गर्दै जताकोलागि सशस्त्र छ दुःख सुखमा भन्ने सन्देश दिँदै रक्तदान कार्यक्रम विभिन्न मातहतका निकायमा कहीँ हिजो कहीँ आज कहीँ भोली हुने छ ।"
त्यस्तै सशस्त्र प्रहरी बल नेपालका आइजिपी सशस्त्र प्रहरी महानिरीक्षक इन्स्पेक्टर जनरल अफ आर्म्ड पोलिस फोर्सका प्रमुख राजु अर्यालले विभिन्न ठाउँमा अशक्त अपाङ्गलाई हुइल चियर वितरण देखी बिरामी आश्रममा बस्ने वृद्ध वृद्धालाई सहयोग गर्नुभएको उहाँको सचिवालयले जानकारी दियो ।
त्यस्तै बर्दियामा सशस्त्र प्रहरीले रक्तदान गरेको छ । सशस्त्र प्रहरी बर्दिया प्रमुख हर्क शाहीले भन्नुभयो, "यो हाम्रो सामाजिक दायित्व हो, कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन् तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शीररमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो । त्यस कारण पुरुष र महिलाको शरीरमा प्रतिकेजी क्रमशः २६ र १६ एमएलका दरले रगत बढी हुन्छ । यही बढी भएको रगत मात्रै दान गर्ने हो । यसको जनचेतना फैलाउँदै सशस्त्र प्रहरी जनताको हो भन्ने महसुस र अनुभव जनतालाई होस् भन्ने हाम्रो उद्देश्य हो ।
रक्तदान कार्यक्रममा पत्रकार देखी सशस्त्र अधिकारीहरूको उपस्थिति थियो । सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) तिर्थ न्यौपाने र डिएसपी जङ्ग बहादुर कुँवर नेपाल कागज, एनपी अनलाइन टिभी, एनपी अनलाइन पोस्ट तथा अनलाइन न्युजका लुम्बिनी प्रदेश ब्युरो प्रमुख तथा सह-सम्पादक पत्रकार सन्दिप नाथ योगी लगायत सशस्त्र परिवारले रक्तदान गरेको थियो ।
सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) तिर्थ न्यौपानेले भन्नुभयो, "रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । रक्तदान गर्दा केही रोगको परीक्षण गरिने हुँदा आफूमा स्वास्थ्यको सतर्कता रहन मद्दत गर्छ । यसरी रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो । यसले कसैको जीवनलाई मात्र नभई उसको घरबार पनि बचाउँछ । परिवारको कोही सदस्यको निधनलाई केही हदसम्म दुर लैजान सक्छ । रक्तदान एउटा दान मात्र होइन, यो त आफू आफ्ना परिवार र आफ्नाहरुको रगत सम्बन्धी बिमाजस्तै हो । त्यसैले २३ औँ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा हामीले रक्तदान गरेर सशस्त्र प्रहरी प्रहरी मात्र नभएर समाजसेवामा पनि अघी छ र हाम्रा जनताको सुरक्षा मात्र नभएर स्वास्थ्यसँग पनि हामी जोडीएका छौँ तसर्थ हाम्रो आइजी साब, हाम्रा अभिवावक डिआइजी साब, एसएसपी साब, हाम्रो एसपी साबहरूले देखाएको मार्गमा हामी हिनेका छौँ । सशस्त्र प्रहरीको गरिमा उच्च राख्न हामी अहोरात्र खटिन तयार छौँ ।"
उहाँले अगाडी भन्नुभयो, "शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञानका बारेमा पर्याप्त जानकारी छैन । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाऔं । रक्तदान गर्नुपूर्व विभिनन स्वास्थ संस्थाबाट रक्तदान सम्बन्धी जानकारी लिन सक्छौं । रक्तदान जीवनदान हो । मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको फलफूल, प्रसाद चढाएर धर्म हुँदैन । कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन । हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । कुनै बेला हामी आफैलाई रगत चाहिँदा कसले दिन्छ ? त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं । यही कर्तव्यबोध हामीमा र हाम्रो संगठनमा छ ।
त्यस्तै सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको सचिवालय तथा केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले दिएको जानकारी अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालवीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा माघ ४ गते ३५ वर्ष भन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागितामा संचालन भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाटसशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीको तर्फबाट प्रहरी
अतिरिक्त महानिरीक्षक किरण बज्रचार्य टिम क्याप्टेन रहनु भएको थियो । प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टीमबीच गोलरहित बराबरीमा खेल सम्पन्न भएको छ ।
त्यस्तै अशक्त भक्तजनहरुकोे सहजताको लागि ह्वील चियर हस्तान्तरण गरिएको छ । २३औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनहरुकोे सहजताको लागि माघ ३ गते ह्वील चियर हस्तारन्तरण गरिएको छ । नं। ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले पशुपति विकास कोषका सदस्य सचिव राजु
कुमार खत्रीलाई चार वटा ह्वील चियर हस्तान्तरण गर्नुभएको हो । नायव महानिरीक्षक थापाले विश्व सम्पदा सूचिमा रहेको पशुपतिनाथ मन्दिर हिन्दु धर्मालम्बी तथा भक्तजनहरुको धार्मिक आस्थाको देवता भएको हुँदा मन्दिरको सुरक्षा, संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको दायित्व रहेको
बताउनुभयो । जन सम्बन्धलाई थप प्रगाढ बनाउने संगठनको नीति अनुसार क्विक इम्प्याक्ट प्रोजेक्ट संचालन गर्ने योजना अन्तर्गत सो बाहिनी तथा मातहत इकाईहरुको सामूहिक प्रयासबाट ४ वटा ह्वील चियर हस्तारन्तरण गरिएको हो । साथै विगत ६ वर्षदेखि निर्माण अवस्थामा रहेको मन्दिर भित्रको यज्ञशालामा टुटफुट भएका मार्बल र मन्दिरको बाहिरी भागमा ढुंगाहरु विछ्याई जिर्णोद्धार समेत गरिएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत, बाहिनी मातहतका गणपति, गुल्मपति लगायत सिनियर तथा जुनियर अधिकृत र विल्लादार तथा सकल दर्जाका जवानहरुको समेत उपस्थिति रहेको थियो ।