सन्दिप नाथ योगी (लुम्बिनी प्रदेश क्राइम बिट व्युरो),काठमाडौँ । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले सशस्त्र प्रहरीलाई तराई–मधेशसँग जोडिएका नेपाल–भारत सीमामा जनतालाई दुख दिएको भन्दै सचेत गराएका छन् ।
सशस्त्र प्रहरी बलले लागुऔषध ओसारपसार, मानव तस्करी, चेलिबेटी बेचबिखनजस्ता समस्यालाई न्यूनीकरण गर्न संवेदनशील भई काम गरिरहेकै अवस्थामा मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई कार्यालयमा बोलाएर भारत-नेपाल सीमावर्ती क्षेत्रमा बस्नेलाई दुख दिएको भन्दै यस्तो नगर्न निर्देशन दिए ।
यो निर्देशनलाई सुरक्षा विज्ञ तथा राष्ट्रिय सुरक्षा तथा अपराध बिटमा काम गर्ने पत्रकारहरूले सशस्त्र प्रहरी बललाई सुझावको रुपमा राजस्व तथा भन्सार धेरै कडा नगर्दा राम्रो होला भन्ने हिसाबले बुझेका छन् ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र उनको टिमले आफ्नो कार्यकालमा सिपाही देखि आम जनताको गुनासो सुन्ने शाखा, बोर्डर सम्बन्धि समस्याको सिधै जनताले आइजीपी सचिवालयलाई जानकारी गराउनसक्ने टोल फ्री नम्बर देखि छुट्टाछुट्टै गुनासो शाखा स्थापना गरेर सकलदर्जा जवानहरूको मन जित्न सफल भएको उनको टिमलाई डिमोरलाइज गर्ने स्थिति पैदा हुनुले आश्चर्यचकित बनाएको छ ।
अध्यक्ष दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई कार्यालयमा बोलाएर सीमामा देखापरेका समस्यासँग सम्बन्धित विभिन्न उजुरी आयोगमा आएको भन्दै समाधान गर्न निर्देशन दिए ।
पाँच औँला बराबर नभए जस्तै कतै केही कमजोरी होला, ती कमी कमजोरी सशस्त्र प्रहरीबलले हटाउँदै गएको छ । सिधै महानिरीक्षकलाई बोलाएर जनतालाई दुख दिएको भन्दै दाबी गर्ने आयोगका अध्यक्षले सशस्त्र प्रहरी बल सीमामा भएकोले आपराधिक क्रियाकलाप, मानव तस्करी, हातहतियार, लागूऔषध तथा साना हतियार र गोली मात्र नभएर भरुवा बन्दुक समेत विभिन्न समयमा पक्राउ गरेको अवस्था छ । सीमाको रक्षा गर्ने, राजस्व छलीबाट देशलाई बचाउने मात्रै नभएर सुरक्षा दिने सशस्त्र प्रहरीले गरेको छ ।
हाम्रो प्रश्न आयोगका अध्यक्ष ज्यु सीमाबाट एउटा गोली नेपाल छिर्यो भने कसैको सिन्दुर पुछिन सक्छ, बाबुले छोरा छोरीलाई कन्धा दिएर आर्यघाट पठाउनुपर्ने अवस्था छ ।
सो भेटघाटमा उनले भारत वा सीमामा सशस्त्र प्रहरीले दुःख दिएको गुनासो आयोगमा आएको हुँदा अनावश्यक दुःख नदिन पनि महानिरीक्षक अर्याललाई निर्देशन दिनु एउटा कुरा होला तर राम्रो काम गरिरहेको संगठन प्रमुखलाई कार्यकक्षमा बोलाएर गरिएको यस्तो संवाद अत्यन्तै गम्भीरताका साथ हामीले हेरिरहेका छौँ ।
सशस्त्र प्रहरीमा मधेशी समुदायको पहुँच बढाउनसमेत आयोग र सशस्त्र प्रहरीबीच समन्वयात्मक भूमिका आवश्यक रहेको अध्यक्ष दत्तले बताएपछि भेटघाटमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले छिटै आयोगसँग सहकार्य गरी सीमासँग जोडिएका गाउँहरूमा युवा सशक्तीकरणका लागि सीपमूलक तथा सचेतनामूलक कक्षा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
समग्रमा गल्ती गर्नेलाई कारबाही होस् भनेर लेख्नु र राम्रो काम गर्नेलाई प्रोत्साहन दिनु पर्छ भन्दै लेख्ने पत्रकारको धर्म हो ।
यही धर्म अनुसार सशस्त्र प्रहरीले गरेका राम्रा कामको मुल्यांकन गरेर हौसला बढाउनुपर्ने आजको आवश्यकता हो । प्रत्यक प्रहर साथ दिने भगवान हरीको नामबाट बनेको प्रहरीलाई साथ सहयोग र हौसला दिनु पर्छ । एक बन्दुकधारी सुरक्षा अधिकारी सीमामा बसेकोले हामी ढुक्कसँग पत्रकारिता गर्छौँ । यदी त्यही ठाउँमा ड्रेस बिनाको हतियार लिएर बसेको कोही छ भने हामी घरबाट निस्कन सक्दैनौँ । तसर्थ नेपालका सबै सुरक्षाबललाई प्रोत्साहनको आवश्यकता छ नकी इमान्दारीका साथ काम गर्ने भुटानी शरणार्थी प्रकरणलाई बाहिर ल्याउने अब्बल प्रहरीलाई काम बिहिन गराएर राखिएको छ । यस्ता खालका घटनाले के सन्देश जाला त ? जय नेपाल