तस्बिर - "ट्वाँके उपनामले चिनिने गरेको दाबी गरिएका सेनामुखका वरिष्ठ सइ राजन मल्ल ।"
राजेश कुर्मी, रन्जित शाह, बर्दिया । सेनामुखका प्रहरीका प्रमुख राजन मल्ल दारु खाएर स्थानीय व्यवसायीलाई धम्क्याउने गरेको आरोप लागेको छ । "ट्वाँके" उपनामले चिनिने राजन मल्ल बसपार्क तथा सर्जु नदी पारी क्षेत्रमा मादक पदार्थ सेवन गर्ने तर पैसा नतिर्ने र उल्टै धम्क्याउने गरेको यहाँका व्यवासायीले आरोप लगाएका छन् ।
उनले मादक पदार्थ सेवन गरेर जथाभावी गाली गर्ने राती आएका यात्रुहरूलाई दुख दिने र हफ्ता असुली गर्ने गरेको समेत आरोप लागेको छ । यधपी यो कुरा पुष्टि हुन बाँकी छ ।
स्थानीयहरूले नाम नछाप्ने शर्तमा तर प्रेस काउन्सिलले मागेको खण्डमा उपलब्ध गराउन सकिने गरि लिएको भिडियो र अडियोमा उनले उक्त क्षेत्रमा आतंक सृजना गरेको बताइएको छ । म डिआइजीको (डिआइजीको मान मर्दन एउटा मापसे गरेको कनिष्ठ अधिकारीले लिँदैमा नराखिएको) मान्छे हुँ भनेर स्थानिय ब्यापारीलाई समेत धम्क्याउने गरेको आरोप उनिमाथी छ । त्यस्तै बसपार्क क्षेत्रमा उनले महिनावारी असुली गर्ने गरेको आरोप छ तर व्यापारी डर र त्रासले बोल्न सकेका छैनन् । उनले एसपी डिएसपीलाई मिलाउनु पर्छ भन्दै लोकल रक्सी बेच्न पाइँदैन हाम्रो एसपी साब र डिसपी साबलाई मिलाउनुपर्छ भन्दै पैसा असुल्ने गरेको दाबी छ ।
जबकी एसपी सुधिर राज शाही आएदेखी तसकरी बन्द भएर मान्छे अत्तालिएका छन उनैको नाम बेचेर सेनामुखका वरिष्ठ सब इन्स्पेक्टर ज्यु कमाई धन्दामा लिप्त भएको दाबी छ ।
उनी आफुलाई डिआइजीको मान्छे हुँ भनेर भन्ने गरेको सर्जु नदी पारिका एक व्यवसायीले दाबी गरे । यहाँका डिएसपी एसपी लाई म चिन्दैन भनेर भनेको भिडियो भने हामीसँग सुरक्षीत छ । पत्रकार आचारसंहिता तथा प्रेस काउन्सिल नियमावली अनुसार भिडियो उपलब्ध गराउन सकिन्छ । उनलाई बसपार्कका पसलेले तथा अन्य उनको मातहतको सुरक्षा गस्ती दिनुपर्ने क्षेत्रमा सुरक्षा त परै जावस उनी आउँछन कि भनेर पसल बन्द गरेर बस्नुपर्ने अवस्था रहेको स्थानीयले जानकारी दिए जुन नेपाल कागजसंग सुरक्षीत छ ।
"ट्वाँके बर्दिधारी गुण्डा" का रुपमा चिनिने यी राजन मल्ल नाम गरेका सेनामुखका प्रहरी बसपार्क नजिक बस्ने यिनले एसपी, डिएसपीले बर्दियामा गरेका काम छायाँमा त पारेका छन् नै एसपी समेत चिन्दैन भन्ने धाकधम्की देखाएको भिडियो हामीसँग रहेको छ । यिनको विस्तृत नालीबेली अवैध सम्पत्ति सबैको बारेमा केही दिनमा सार्वजनिक गरिनेछ । केही समय अगाडि भएको प्रादेशिक महोत्सवमा प्रहरीलाई नास्ता खुवाउने खाना खुवाउने भनेर दैनिक दसौँ हजार उठाएर कर्मठ प्रहरी जवानालाई भोकै राखेर त्यो कुपन बापत पैसा लिएर जाने गरेको समेत खुलासा भएको छ । यिनले विभिन्न ब्यापारीसँग आफ्नो मोटरसाइकलमा पेट्रोल हलाउने र सोही पेट्रोल तुलापुर स्थित पेट्रोल पम्पमा गएर निकाल्न पठाएर पैसा लिएर जाने गरेको समेत आरोप लागेको छ । यस्ता बिबादास्पद भ्रष्ट आचारमा आवद्ध प्रहरी अधिकारीको संरक्षण कसले गरिरहेको छ र यसरी खुलेआम यस्तो कार्य गर्दा प्रहरी नेतृत्वलाई कसरी झुक्काइएको छ त्यो आफैमा अचम्म्मको कुरा छ । उसलाई पहिला सेनामुखको जिम्मेवारी नभएतापनी बसपार्क एरियाको सुरक्षा गर्ने जिम्मेवारी दिएको हो। तर उ रक्सीको नसामा ड्युटी गर्छ ।
बाँकी दोस्रो भागमा...... (नोट- उनलाई ट्वाँके प्रहरी आफै दारु खाएर फिट भएर हिँड्छ तर मेरो फेला परेको छैन भनेको भिडियो समेत प्राप्त भएको छ ।) पत्रकार आचारसंहिता अनुसार २०८० माघ १९ बिहान १०:३८ मा थप छुटेका विषय माथी नोटमा थपिएको, यसबाट पाठकलाई पर्न गएको असुबिधा प्रती क्षमा माग्छौँ - संपादक