सन्दिप नाथ योगी (लुम्बिनी प्रदेश व्युरो सह-सम्पादक तथा व्युरो प्रमुख राष्ट्रिय सुरक्षा तथा अपराध बिट), शरद रिजाल (बागमती प्रदेश व्युरो सह-सम्पादाक तथा व्युरो प्रमुख राष्ट्रिय सुरक्षा तथा अपराध बिट) काठमाडौँ, बर्दिया ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा किन दिए त यसले गर्दा प्रहरी संगठन भित्र र बाहिर एउटा तरंग पैदा भएको छ भने कनिष्ठ वर्गले तारिफ र प्रशंसा गरेका छन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले किन दिए त राजिनामा ?
प्रहरी संगठन भित्रका र नेताले दबाब दिँदै ६० लाख ३ महिनामा बुझाउँछौँ तर सुरक्षा लुज गरिदिनु पर्यो भनेर चन्दलाई दबाब आको आहि थियो । भन्सार कर्मचारीले प्रत्यक दिन भिजिट भिसामा भनेर बिना श्रम स्वीकृत गरेर जानेहरूबाट दिनमै १ करोड उठाउँथिए । यो त सुन सेटिङ्ग्मा ल्याएर पैसा खानेअध्यागमन केही कर्मचारीलाई त्यो भन्दा धेरै भिजिट भिसामा पठाउँदा टन्न पैसा आउन लाग्यो ।र त्यही कारणले कर्मचारीले ६० लाख दिन्छौँ अलि लुज गर्दिनु पर्यो भन्दै प्रहरीका हाकिम तथा नेताहरूनाट दबाब दिलाए तर उनी टसकोमस भएनन । झन उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अँझै सुरक्षा बढाइदिए । भन्सारका नेक्ससवालाहरूले प्रहरीका अन्य हाकिम तथा नेताबाट प्रेसर दिलाए । उनले उल्टो सुरक्षा तैनाथी बढाइदिए । यसै कारणले भन्सार अधिकृत र प्रहरी अधिकारीको हानाहान भयो ।
सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले राजीनामा किन दिए त ? स्तो छ घटना र भ्रष्टको नालिबेली, किन राजिनामा दिए ?
सरल रुपमा के बुझ्नुस भने केही दिन अघि उनले केही मिडिया र नेपालकागजसँग कुरा गर्दा उक्त हानाहानमा प्रहरी दोशी नदेखिएको भन्दै ६० लाख दिन्छौँ महिनावारीको अफर आएको बताइदिए । त्यसपछी बिमान्स्थल भन्सारका कर्मचारीले जो जो नेतासम्म पैसा पुगाउँछन त्यहाँबाट दबाब सृजना गरे त्यसैमा उक्त प्रकरणको छानबिन गर्दा एक पक्षीय रुपमा प्रहरीको गल्ती देखाइयो र निलम्बन गर्न भनियो । उनले मेरो सिपाही असइले राम्रो काम गर्दा गर्दै निलम्बन गर्न भन्ने र दाबाब सृजना भयो । तसर्थ आफ्नो प्रहरीलाई दोषी देखाइदिएपछी म कारबाही गर्दैन भन्दै राजिनामा दिए । नेपालकागजको काठमाडौँ व्युरोसंग कुराकानीमा व्यक्तिगत कारणले राजीनामा दिएको बताए । प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ ।
चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् ।
राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए । उनको यो कदम पछि प्रहरीका कनिष्ठ अधिकारीहरू अत्यन्तै खुशी तथा भावबिभोर भए । र यस्तो हाकिम हामीलाई चाहिन्छ भन्दैउनलाई धन्यबाद दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले अचानक राजीनामा दिनुको कारण यहि हो ।
प्रहरी प्रधान कार्यालयले उनको राजिनामाबारे औपचारिक पुष्टि नगरे पनि चन्दले नेपाल कागज सहित अन्य सञ्चारमाध्यमहरूलाई राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।
चन्दले सञ्चार माध्यमहरूसँग व्यक्तिगत चाहनामा राजीनामा दिएको बताए पनि अचानक राजीनामा दिएपछि प्रहरी संगठनमा तरंग पैदा भएको छ । पछिल्लो समय विमानस्थलमा अनेक समस्याहरू उत्पन्न भइरहेको बेला उनले राजीनामा दिएपछि प्रहरीमा तरंग पैदा भएको हो ।
गत १३ वैशाखदेखि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका चन्दको सेवा अवधि २०८१ चैत सम्म थियो । एक वर्षभन्दा धेरै समय सेवा अवधि बाँकी नै रहेको बेला चन्दले राजीनामा दिएपछि यस विषयलाई संशयपूर्ण र गम्भीर रुपमा हेरिएको छ ।
डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट भएर राजीनामा दिएको विमानस्थलका विश्वस्त स्रोतको दावी छ ।
समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ । तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी नभएर अध्यागमनका कर्मचारीले पैसाको चलखेल गर्न नपाएपछि उल्टो प्रहरीलाई लात्त!जानेको भिडियो सिसि क्यामेरामा देखिन्छ ।
गत साता विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत छाया मोक्तानलाई सुरक्षा जाँच गरेको विषयलाई लिएर विवाद भएको थियो । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले डीआइजी चन्द मातहतमै रहेर काम गरेका प्रहरी सहायक निरीक्षक सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।
प्रहरीलाई मात्रै आरोप लगाएर सुरक्षा मापदण्ड पालना नगर्ने अध्यागमन अधिकृतलाई उन्मुक्ति दिन खोजेको भन्दै डीआइजी चन्दले राजीनामा दिएको उनी निकट एक अधिकृतले बताए । त्यस्तै विमानस्थलबाटै अवैध रुपमा भिजिट भिसामा विदेश जान खोज्नेलाई रोक्न डीआईजी चन्दले कडाइ गरेका थिए । त्यसलाई लिएर पनि उनीमाथि राजनीतिक रुपमा चर्को दबाब परेको थियो । तर, उनले त्यसलाई प्रतिवाद गर्दै आएका थिए ।
महानिरीक्षक बसन्त कुँवरकै ब्याजी रहेका चन्दले भने आफूले राजीनामा दिएको विषयमा केही नबोल्ने बताए । विमानस्थलको सुरक्षाको विषयलाई लिएर प्रश्न उठिरहेकै बेला प्रहरी प्रमुखले राजीनामा दिएको विषयमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले प्रष्ट पारेका छैनन् ।
सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले बताए । “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिन पछि नेपालकागजको कार्यालयमै आएर बताउँला ।", उनले भने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए । ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म कार्यकाल रहे पनि उनले राजीनामा दिएका हुन्।
केही दिनअघि विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो।
विमानस्थलमा भिजिट भिसाको विषयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच अविश्वास बढिरहेका बेला डीआईजी चन्दको राजीनामा आएको हो । केही अघि महानगरिय अपराध महासाखा र सिआइबीको टिमले केही अध्यागमन कर्मचारीलाइ ट्राभल एजेन्टबाट पैसा खाँदै गरेको रंगेहाग पक्राउ परे ।
अध्यागमनको सेटिङमा दैनिक तीन सयजनासम्म विदेश उड्ने र अध्यागमन कर्मचारीले औसतमा प्रतिव्यक्ति ४० हजार रुपैयाँ पाउने गरेको पक्राउ परेकाबाट खुलेपछि त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीलाई प्रहरीले अनुसन्धानको घेरामा राखेको अवस्था छ । त्यसै कारण केही अघि कर्मचारी र प्रहरीबिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हातहालाहाल भयो । प्रहरी स्रोतका अनुसार अध्यागमन कर्मचारीले दैनिक एक करोड रुपैयाँसम्म घुस लिने गर्दथे ।
ट्राभल एजेन्सीका सञ्चालकहरूले अध्यागमनमा यस्तो सेटिङ मिलाउँदै आएका थिए । अध्यागमनमा लामो समयदेखि बस्दै आएका नायब सुब्बासँग उनीहरूको वर्षौँदेखि गठजोड देखिएको छ । अध्यागमनको ड्युटीमा जोसुकै भए पनि उनीहरूसँग बिचौलियाले सेटिङ मिलाउनुले संगठित रूपमै मानव तस्करीको सेटिङ चलेको देखाउने प्रहरी अधिकारी बताउँछन् । त्यो प्रहरीले रोकिदिएपछी अहिले कर्मचारीमा छटपटाहत देखिएको प्रहरी स्रोतले बतायो ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुनचन्द ठुकरीले हाम्रो प्रहरीलाई हेप्दै अध्यागमनका कर्मचारीले गालीगलौच तथा हातपात गरेको बताए । प्रहरी स्रोतका अनुसार अधिकृत मोक्तानले एक साताअघि क्यानका कर्मचारी गोपाल घिमिरेलाई पनि कुटेका थिए ।
भिजिट भिसामा विदेश मान्छे पठाएर कमाउने धन्दाको सेटिङ बन्द भएपछि कर्मचारी छटपटाएका छन् । प्रहरीले पहिलेदेखि नै जाँच गर्दै आए पनि अध्यागमन अधिकृतहरूको कमाइ घट्न थालेपछि कहिले काम बन्द गर्ने कहिले लफडा गर्ने गरेको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुनचन्द ठुकरीले बताए । उनले नेपालकागजसँग भने, "हेर्नुस मैले धेरै मिडियालाई पनि जानकारी दिएको छु तँपाइलाई पनि भने म आफैलाई भिजिट भिसाबाट मान्छे विदेश पठाउन सेटिङका लागि ६० लाखको अफर आएको थियो । मैले यो कुरा नमानेपछि अँझै कडा गर्दा कर्मचारी आक्रोशित हुँदै गए ।"
महानगरिय अपराध महासाखाका प्रहरीले अनुसन्धान थालेपछि विरोधमा कर्मचारी उत्रिए ।
दिनमा एक करोड कमाई, प्रहरी डिआइजीलाई ६० लाखको अफर भनेको सामान्य कुरा त हुँदै होइन यो त मानव बेचबिखन समबन्धी ठूलो अपराध हो ।
बागमती प्रदेश व्युरो अन्तर्गत (राष्ट्रिय सुरक्षा तथा अपराध बिट) काठमाडौँले विभिन्न स्रोतसँग कुरा गर्दा अध्यागमनको सेटिङमा दैनिक तीन सयजनासम्म विदेश उड्ने र अध्यागमन कर्मचारीले औसतमा प्रतिव्यक्ति ४० हजार रुपैयाँ पाउने गरेको पक्राउ परेकाबाट खुलेपछि त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीलाई प्रहरीले अनुसन्धानको घेरामा राखेको अवस्था छ । त्यसै कारण केही अघि कर्मचारी र प्रहरीबिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हातहालाहाल भयो । प्रहरी स्रोतका अनुसार अध्यागमन कर्मचारीले दैनिक एक करोड रुपैयाँसम्म घुस लिने गर्दथे ।
ट्राभल एजेन्सीका सञ्चालकहरूले अध्यागमनमा यस्तो सेटिङ मिलाउँदै आएका थिए । अध्यागमनमा लामो समयदेखि बस्दै आएका नायब सुब्बासँग उनीहरूको वर्षौँदेखि गठजोड देखिएको छ । अध्यागमनको ड्युटीमा जोसुकै भए पनि उनीहरूसँग बिचौलियाले सेटिङ मिलाउनुले संगठित रूपमै मानव तस्करीको सेटिङ चलेको देखाउने प्रहरी अधिकारी बताउँछन् । त्यो प्रहरीले रोकिदिएपछी अहिले कर्मचारीमा छटपटाहत देखिएको प्रहरी स्रोतले बतायो ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुनचन्द ठुकरीले हाम्रो प्रहरीलाई हेप्दै अध्यागमनका कर्मचारीले गालीगलौच तथा हातपात गरेको बताए । प्रहरी स्रोतका अनुसार अधिकृत मोक्तानले एक साताअघि क्यानका कर्मचारी गोपाल घिमिरेलाई पनि कुटेका थिए ।
भिजिट भिसामा विदेश मान्छे पठाएर कमाउने धन्दाको सेटिङ बन्द भएपछि कर्मचारी छटपटाएका छन् । प्रहरीले पहिलेदेखि नै जाँच गर्दै आए पनि अध्यागमन अधिकृतहरूको कमाइ घट्न थालेपछि कहिले काम बन्द गर्ने कहिले लफडा गर्ने गरेको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुनचन्द ठुकरीले बताए । उनले नेपालकागजसँग भने, "हेर्नुस मैले धेरै मिडियालाई पनि जानकारी दिएको छु तँपाइलाई पनि भने म आफैलाई भिजिट भिसाबाट मान्छे विदेश पठाउन सेटिङका लागि ६० लाखको अफर आएको थियो । मैले यो कुरा नमानेपछि अँझै कडा गर्दा कर्मचारी आक्रोशित हुँदै गए ।"
कर्मचारीहरूले भिजिट भिसा सेटिङमा दैनिक १ करोडसम्म उठाउने गरेको प्रहरी स्रोतको दाबी छ ।
अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले प्रहरीले गरेको कामकारबाहीप्रति कर्मचारीको असन्तुष्टि नरहेको बताए । ‘अरू नै कारण घटना भएको हुन सक्छ । समितिको रिपोर्टमा कारण खुल्छ होला,’ उनले भनेका थिए । महानिर्देशक तामाङले कर्मचारीलाई पनि छानबिन र अनुसन्धानमा ल्याएर प्रहरीले राम्रो काम गरेको त्यति बेला नेपालकागजलाई जनाए । अनुसन्धानमा अध्यागमनका कर्मचारीले युवायुवतीसँग पैसा लिएर भिजिट भिसामार्फत विदेश पठाउने गरेको तथ्य फेला परेको थियो । त्यसमा संलग्न केही अधिकृतमाथि मुद्दा दर्ता भएर प्रक्राउ पुर्जीसमेत जारी भइसकेको छ । त्यसपछि प्रहरीले अध्यागमनका कर्मचारीमाथि निगरानी बढाउन थालेको हो ।
कर्मचारीले पुस १८ गते काम रोकेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै प्रहरीले अनावश्यक रूपमा दुःख दिएको गुनासो गरेका थिए । त्यसपछि माघ ९ मा गृह मन्त्रालयले भिजिट भिसामा विदेश प्रस्थान गर्ने नीतिलाई लचिलो बनाउँदै नयाँ कार्यविधि जारी गरेको छ । यसअघि २०७८ चैत २६ गते सचिवस्तरको निर्णय खारेज गरी गृहमन्त्री श्रेष्ठले कार्यविधि जारी गरेका हुन् । पुरानो कार्यविधिमा भिजिट भिसामा विदेश जाने प्रावधानमा कडाइ गर्दा पैसाको चलखेल हुने गरेको गुनासो आएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलेको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला अदालतले गिरोहमा आबद्ध थप सात अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप कर्मचारीको संलग्नता पुष्टि भएको हो । सोही आधारमा केही दिनअघि पक्राउ पुर्जी लिएर यसमा संलग्न थप कर्मचारीको खोजी सुरु भइसकेको छ । यसअघि नै अर्का अधिकृतविरुद्ध मुद्दा दायर भइसकेको छ ।
प्रहरी स्रोतका अनुसार अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले ९ माघमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकृत खड्कासहित १० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरूको बयान र मोबाइलमाथि अनुसन्धान हुँदा संगठित गिरोहको संलग्नता पुष्टि भएको हो । अधिकृत खड्काले पक्राउ पुर्जी भएका सातैजनाको नामसमेत लिएर आफूहरूले मिलेरै भिजिट भिसामा यात्रा अनुमति दिने गरेको र पैसा बाँडेर लिने गरेको बयान दिएका छन् । उनको मोबाइलमा समेत यससम्बन्धी प्रमाण प्रहरीले फेला पारेको छ । सोही आधारमा उनीहरूलाई समेत प्रतिवादी बनाउन लागिएको हो ।
भिजिट भिसाको सेटिङमा प्रहरीले लिखत किर्ते तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।
दुई महिनाअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस प्रकरणमा प्रारम्भिक अनुसन्धान थालेको थियो । अपराध अनुसन्धान कार्यालयले अधिकृत खड्कासहितलाई पक्राउ गरी विस्तृत अनुसन्धानका लागि परिसरमा बुझाएको थियो । ३९ जना पक्राउ परेकामा किर्ते कागजपत्र बनाउने समूहविरुद्ध यसअघि नै अर्काे मुद्दा दायर भइसकेको छ ।
सुरुमा बिचौलिया गीता साहलाई पक्राउ गरी प्रहरीले यसको अनुसन्धान थालेको थियो । उनीमार्फत ट्राभल एजेन्सी सञ्चालक सरोज यादव पक्राउ परेकोमा उनीमार्फत नै प्रहरी अध्यागमन अधिकृत खड्कासम्म पुगेको हो । खड्काले यसमा संलग्न अन्य कर्मचारी र बिचौलियाबारे प्रहरीलाई खुलाएका थिए । सोही आधारमा ट्राभल एजेन्सी सञ्चालक पदम लामा, छिरिङ लामा, विनोद कार्की, रामप्रसाद भण्डारी, दिनेश ज्ञवालीलगायतलाई प्रहरीले पक्राउ गरेको हो । अधिकृत खड्काले श्रीमतीको बैंक खातामा समेत घुस लिने गरेका थिए ।
बिचौलियालाई ह्वाटएसपमा उनले श्रीमतीको बैंक खाताको क्युआर कोडसमेत पठाएको फेला परेको छ । अधिकृत भण्डारीकै बयानका आधारमा यसअघि अर्का अधिकृत ताराबहादुर कुँवरविरुद्ध प्रहरीले मुद्दा दायर गरिसकेको छ । खड्काविरुद्ध भने एक प्रहरी जवानलाई भिजिट भिसामा रसिया पठाउन सहयोग गरेको घटनामा मानव बेचबिखनको अर्काे मुद्दासमेत दायर भएको छ । जसमा उनलाई धरौटीमा छाड्ने आदेश भएको थियो । रसियन सेनामा भर्ना भएका ती प्रहरी पछि भागेर नेपाल आई उजुरी गरेका थिए । उनी अध्यागमनमा पैसा बुझाएरै दुबई हुँदै रसिया पुगेको अनुसन्धानमा खुलेको थियो ।
अध्यागमन कर्मचारीले भने प्रहरीले अनुसन्धान थालेपछि विरोध गर्दै आएका छन् । उनीहरूले काम नै रोकेरसमेत दबाब दिँदै आएका छन् । कर्मचारीको विरोधपछि गृह मन्त्रालयले प्रहरी र अध्यागमन कर्मचारीलाई सँगै राखेर यस विषयमा छलफल गरायो । जस क्रममा अनुसन्धानमा आबद्ध प्रहरीले सेटिङको प्रमाण नै पेस गरेपछि अध्यामनका कर्मचारी नरम भएको र प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिइएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।
अध्यागमनको सेटिङमा दैनिक तीन सयजनासम्म विदेश उड्ने र अध्यागमन कर्मचारीले औसतमा प्रतिव्यक्ति ४० हजार रुपैयाँ पाउने गरेको पक्राउ परेकाबाट खुलेको छ । जसअनुसार अध्यागमन कर्मचारीले दैनिक एक करोड रुपैयाँसम्म घुस लिने गर्दथे । ट्राभल एजेन्सीका सञ्चालकहरूले अध्यागमनमा यस्तो सेटिङ मिलाउँदै आएका थिए । अध्यागमनमा लामो समयदेखि बस्दै आएका नायब सुब्बासँग उनीहरूको वर्षौँदेखि गठजोड देखिएको छ । अध्यागमनको ड्युटीमा जोसुकै भए पनि उनीहरूसँग बिचौलियाले सेटिङ मिलाउनुले संगठित रूपमै मानव तस्करीको सेटिङ चलेको देखाउने प्रहरी अधिकारी बताउँछन् ।
प्रहरी अनुसन्धानले सेटिङ बाहिर आएपछि गृह मन्त्रालयले हालै भिजिट भिसासम्बन्धी दुई वर्षदेखि लागू हुँदै आएको १७ बुँदे मापदण्ड खारेज गरी ६ बुँदे नयाँ कार्यविधि लागू गरेको छ । विगतमा विदेश नगएकाहरू खाडी देशमा घुम्न जान वार्षिक आय न्यूनतम पाँच लाख हुनुपर्ने, १२ कक्षा अध्ययन गरेको हुनुपर्ने मापदण्ड थियो । त्यो मापदण्डका कारण नक्कली कागजपत्र बनाउने धन्दा बढेको र अध्यागमनमा सेटिङको धन्दा बढाएको निष्कर्षसहित गृहले भिजिट भिसालाई केही सरलीकृत गरेको छ । नयाँ मापदण्डमा पर्यटक भिसामा संयुक्त अरब इमिटरेट्स (युएई), बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबिया जान समयमै फर्कने लगायत विषयमा स्वघोषणासम्बन्धी कागजमा विवरण भरेर हस्ताक्षर गर्नुपर्ने हुन्छ । जुन कार्यविधि १० माघदेखि कार्यान्वयनमा आएको छ ।
हो यहि प्रकरणमा छानबिन टोलीले उल्टो विमानस्थल प्रहरीको गल्ती देखाएपछी संलग्न प्रहरीलाई निलम्बन गर्न भन्यो । तर ठकुरिले राजिनामा दिन्छु ईमान्दार प्रहरीलाई कारबाही गर्दैन भन्दै राजीनामा दिएका हुन ।