शम्भु श्रेष्ठ (लेखक) । जावलाखेल डिस्टिलरीका मालिक विजय शाहले एक अन्तर्वार्तामा भनेका छन्– नेपालमा मभन्दा धेरै धनी मानिसहरू छन् । तर सबैभन्दा बढी कर तिर्ने व्यक्ति म हुँ भनेर घमन्ड गर्दिनँ ।’ शाहले थप यो कुरा पनि भनेका छन्– ‘कर चोर्नेमा नाम कमाइनँ, कर तिर्दा नाम कमाए, यो एउटा राष्ट्रप्रति नागरिकको जिम्मेवारी हो ।’ शाह तीन वर्षयता सबैभन्दा बढी आयकर तिर्ने इमानदार व्यवसायी हुन् । उनको अन्तर्वार्ताले बिग हाउसहरुमा धेरै चर्चा पायो ।
उनको यो अन्तर्वार्ता आउनासाथ चौधरी ग्रुपको विज्ञापन आयो, चौधरी ग्रुपअन्तर्गतका कम्पनीहरूले वार्षिक अर्बौं राजस्व तिरेको छ । तर, त्यो विनोद चौधरीले तिरेको आयकर थिएन । त्यो त उपभोक्ताबाट उठाइएको भ्याट रकम थियो । यसरी जनता झुक्क्याउन खप्पिस विनोद चौधरीका अनेक कर्तुतहरू एकपछि अर्को गरी बाहिरिएको छ । उनको सम्पत्तिको स्रोतमाथि प्रश्न उठेको छ ।
अन्य, लोकतान्त्रिक मुलुकहरूमा भए यतिबेला सम्पत्ति शुद्धीकरणको अभियोगमा विनोद चौधरी जेल परिसकेका हुन्थे । तर नेपाल विश्वमा यस्तो एउटा देश हो, जहाँ शक्ति र पैसाको बलमा कानुन किन्न सकिन्छ । यस कुराको पुष्टि अरुण चौधरीलाई अदालतले अनुसन्धान नसकी एक साताभित्र रिहा गर्न आदेश दिएबाट स्पष्ट हुन्छ ।
अन्य, लोकतान्त्रिक मुलुकहरूमा भए यतिबेला सम्पत्ति शुद्धीकरणको अभियोगमा विनोद चौधरी जेल परिसकेका हुन्थे । तर, नेपाल विश्वमा यस्तो एउटा देश हो, जहाँ शक्ति र पैसाको बलमा कानुन किन्न सकिन्छ । यस कुराको पुष्टि अरुण चौधरीलाई अदालतले अनुसन्धान नसकी रिहा गर्न आदेश दिएबाट स्पष्ट हुन्छ ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा किर्ते गरेको अभियोगमा अरुण चौधरी पक्राउ परेका थिए । उनलाई सिआइबीले हिरासतमा लिएर अनुसन्धान गर्दै थियो । प्रहरीसँगको बयानमा अरुण चौधरीले आफ्नो अपराध स्वीकारेका थिए ।
प्रहरीलाई त्यस घटनाको राम्रोसँग अनुसन्धान गर्न दिएको भए, लहरो तान्दा पहरो गर्जन्छ भनेझैँ विनोद चौधरी उक्त प्रकरणमा तानिने थिए । किनभने, उक्त जग्गाको सेटिङ गर्ने अरुण चौधरी होइन, विनोद चौधरी नै हुन् भन्ने कुराको साक्षी तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंह थापा हुन् । जसले विनोद चौधरीको अपराधमा जेल जानुपर्यो ।
नेपाली कांग्रेसका सांसदसमेत रहेका चौधरीले शक्ति र पैसाको बलमा आफ्ना भाइलाई छुटाए पनि उनी स्वयं अपराधबाट मुक्त भइसकेका छैनन् । सिआइबीले अदालतको आदेशमा अरुणलाई छाडे पनि ठगी काण्डको अनुसन्धानलाई निरन्तरता दिएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण भएको छ । सरकारी जग्गा किर्ते गर्नुलाई अक्षम्य अपराध मानिन्छ । जग्गा फिर्ता गर्दैमा अरुण र विनोदलाई उम्कन पाउँदैनन् । एक दिन सजाय भोग्नै पर्छ ।
यतिमै विनोद चौधरीले गरेको अपराध टुङ्गिन्छ भन्ने लाग्दैन । पैसाका लागि जस्तोसुकै कुकर्म गर्न सक्ने विनोद चौधरीले नबिल बैंकको शेयरबाट अर्बौँ रुपैयाँ देश बाहिर लगिरहेका छन् । एउटा नेपाली नागरिकले बङ्गलादेशमा कम्पनी खोलेर कसरी विदेशमा पैसा लग्न सक्छन् भन्ने कुरा बहसको विषय बनेको छ ।
राष्ट्र बैंकले यस विषयमा गहिरो अध्ययन गर्ने हो भने विनोद चौधरीमाथि विदेशी मुद्रा अपचलनको मुद्दा लाग्न सक्छ । नबिल बैंक प्रकरणको पर्दा उदांगियो भने विनोद चौधरी मात्रै होइन, विदेशी मुद्रा अपचलनमा उनका श्रीमती सारिका, छोराहरू निर्वाण, बरुण र राहुल पनि जेल जान सक्छन् । यस्तो जोखिम मोलेर चौधरीले देश लुटिरहेका छन् ।
नेपालका एक मात्र खर्बपति विनोद चौधरीमाथि पूर्वराजा वीरेन्द्र, अधिराजकुमार धिरेन्द्रको सम्पत्ति हडपेको कुरा पनि बाहिर आएको छ । नभए एउटा ‘वाईवाई’ चाउचाउका मालिक रातारात नेपालको खर्बपति कसरी बन्न सक्छन् ? जबकि, वाईवाईभन्दा बढी चाउचाउ बेच्ने विश्वका अन्य व्यवसायी चाउचाउ बेचेरै धनी बनेको सायद उदाहरण छैन ।
पञ्चायतकालमा दरबारसँग सम्बन्ध बनाएर विभिन्न अपराधकर्ममा संलग्न हुँदै आएका चौधरी चतुर खेलाडी हुन् । बहुदलपछि आफ्नो अपराध लुकाउन उनी कहिले एमालेका सांसद बने भने, अहिले नेपाली कांग्रेसका सांसद छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र स्वामी रविशंकरको नाम बेच्न पछाडि नपर्ने उनले केही महिना अगाडि बागेश्वरी धामका धर्मगुरुलाई नेपाल ल्याएर नौटङ्की गरेका थिए ।
सत्ता र पैसाको आडमा कानुनलाई समेत हातमा लिन सक्ने चौधरीको पाप धुरीबाट कराउँछ भनेझैँ भएको छ । चौधरीले बाँसबारीको १० रोपनी जग्गा मात्र होइन, बाँसबारीकै परवानीपुर बाराको जग्गा पनि हडपेका छन् । भरतपुर हाइटमा सार्वजनिक जग्गा मिचेर होटल खोलेका छन् ।
उक्त जग्गाको नक्सापास गर्न रास्वपाका सभापति रवि लामिछाने र मेयर रेनु दाहाललाई प्रलोभनमा पारेका छन् । यसरी चौधरीले अर्बपति बन्न केसम्म गरेनन् भन्ने कुराको रहस्य क्रमशः खुल्दै गएको छ । सुशासनको पक्षमा लागेका प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउने नाममा अपराधीसँग सम्झौता नगरुन् । जनताको साथ सरकारलाई छ ।