तस्कर जोगाउन सीआईबी प्रमुख नै संलग्न, नेतृत्व फेरिने लगभग पक्का
काठमाडौँ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले एउटा गोप्य केबल पायो । उक्त केबलमा थियो । सम्माननीय जनताका छोरा श्री गृहमन्त्री रबी लामिछाने ज्यु । यस प्रकरणमा मेरो नाम छैन तर उनीहरू छलफल गर्ने अड्डाको रुपमा बनाइएको सानो पसलको मालिक हुँँ, ठमेलको कुनै युवा हुँ । एक त यहाँ खानपिन गरेको पैसा तिर्दैनन् अनि थर्काउँछन्। यही कारणले नेपाल जनता खाडी मुलुकबाट फर्किएर आफ्नै नेपालको विकास होस् भनेर १० जना कर्मचारीलाई रोजगार दिने मेरो होटेल बन्दुक पेस्तोल सहित प्रहरीको घुमुवा हो भन्छन् रेड लेभल खान्छ र पैसा तिर्दैनन् । के ही हो लोकतन्त्र ? त्यसको अनुसन्धान गृहले छानबिन गर्दा यस्तो भेटियो .....
सुन तस्कर जोगाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का उच्च अधिकारी नै संलग्न रहेको खुलेको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करीमा संलग्न रहेकाहरूलाई जोगाएको निष्कर्षसहित सीआईबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो।
आयोगले सीआईबी प्रमुख बज्राचार्यसहित सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आयोगले तयार पारेको प्रतिवेदनआज बिहानै प्रधानमन्त्रीलाई बुझाएर विभागीय कारबाही स्वरूप एआईजी बज्राचार्यलाई सीआईबी प्रमुखको जिम्मेवारीबाट मुक्त गर्ने तयारी गरेका हुन् ।
त्यस्तै आयोगले अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको छ । एआईजी बज्राचार्यले पूर्व सभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारी र पूर्व प्रहरी महानिरीक्षक तथा एमाले नेता सर्वेचन्द्र खनाललाई उन्मुक्ति दिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
सुन तस्करीमा राजनीतिक, प्रशासनिक र सुरक्षा निकायका शक्तिशाली अधिकारीको जालो तोड्न माग गर्दै तत्कालीन प्रतिपक्षी एमाले र रास्वपाले गत साउनमा एक महिना संसद् अवरुद्ध गरेपछि पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको थियो । तर आयोगले सुन तस्करीमा माओवादी र एमालेका नेताहरूमाथि कारबाही नगरेको भन्दै प्रहरीमाथि प्रश्न गरेको छ ।
सुन तस्करसँग सोझै सम्पर्कमा रहेको भन्दै अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीलाई आयोगले दोषी मानेको छ । त्यस्तै अभियोजनमा त्रुटि गरेकामा काठमाडौँका जिल्ला महान्यायाधिवक्ता जनकप्रसाद घिमिरे र वासुदेव शर्मालाई विभागीय कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।
पूर्व सभामुख महरा र पूर्व प्रहरी महानिरीक्षक खनाल सुन तस्करीमा संलग्न रहेको बयान आए पनि उनीहरूमाथि सीआईबीले अनुसन्धान नगरेको नेपाल प्रहरी, गृह मन्त्रालय र आयोगका अधिकारीहरूको भनाइ छ ।
६१ किलो सुन तस्करीका अभियुक्त जीवन चलाउने र पूर्वआईजीपी खनालबीच कारोबारी सम्बन्ध रहेको सूचना पाए पनि सीआईबीले खनालमाथि अनुसन्धान गरेको थिएन । त्यति मात्र होइन, मुद्दा चलाउने पक्राउ परेपछि उनले खनालको संलग्नताको विषयमा दिएको बयानको कागज च्यातेर उनलाई छाडिएको र पछि चलाउने नै फरार भएको प्रहरी अधिकारीहरूको भनाइ छ ।
चलाउनेलाई उम्काउन सहयोग गरेको विषय प्रतिवेदनमै उल्लेख भएपछि गृहमन्त्री लामिछाने आक्रामक रूपमा नेपाल प्रहरीको उच्च तहमा व्यापक जिम्मेवारी हेरफेरको तयारीमा रहेको स्रोतले बत्तायो ।