नवलपरासी । पश्चिम नवलपरासीमा नेपाल प्रहरीकै मिलोमतोमा नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ब्यापक तस्करी मौलाएको छ। हालै ईलाका प्रहरी सेमरीमा इन्चार्जका रूपमा संजय यादव आएपछि सेमरी, अमहवा , गोपिगन्ज बरुवा लगायत ठाँउहरुबाट कपडा,हार्डवेयर,खसी बोका, कुखुरा,चामल,ईललेक्ट्रोनिक्स,माछा,लगायतहरुको समानहरु तस्करहरुले नेपालको बिभिन्न ठाउँहरुमा पुर्याउने गरेका छ।
प्रहरी ईन्चार्ज यादवले प्रत्येक ब्यापारीहरु बाट महिनावारी असुल्दै आएका एक व्यापारी नाम नराख्ने सर्तमा बताएका छन ।
बिभिन्न सिमानाकाबाट भित्रिएका समानहरु गोपीगंज, सेमरी लगायतका ठाउँहरुमा जम्मा गरी ठुलो मात्रामा नेपाल भित्रिने स्थानियहरु बताएका छन।
सानो व्यापारीहरूले दिउँसै समान ओसारपसार गर्छन् भने ठूला व्यापारीहरूले रातभरी नवलपरासीमा प्रहरीको मिलोमतोमा तस्करी गर्ने गरेको अवस्था छ । कोरोनापछी आएको मन्दिका कारण तस्करहरू खुलेआम सेटिङ् मिलाई काम गर्ने गरेका छन ।
हालै ईलाका प्रहरी सेमरीमा इन्चार्जका रूपमा संजय यादव आएपछि सेमरी, अमहवा , गोपिगन्ज बरुवा लगायत ठाँउहरुबाट कपडा,हार्डवेयर,खसी बोका, कुखुरा,चामल,ईललेक्ट्रोनिक्स,माछा,लगायतहरुको समानहरु तस्करहरुले नेपालको बिभिन्न ठाउँहरुमा पुर्याउने गरेका छन । अचम्मको कुरो त के छ भने बोर्डरका कृयाकलाप अबैध वस्तु र सीमाको रक्षा गर्न परिचालित बोर्डर आउट पोस्ट भन्दा २०० मिटर पछाडी बस्नुपर्ने प्रहरी दसगजामा गएर बास्दिएमा अनुशासनको उल्लघन हुन जान्छ । एक सशस्त्र प्रहरीका अनुशार नेपाल प्रहरीका केही सेटिङ्वालाका कारण सिंगो सुरक्षा संगठन भुत्ते भएको हो ।
- स्थानिय पत्रकार कृष्ण गिरीको सहयोगमा