मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट
बर्दिया । पाठकवृन्द हामीले अर्बौँका भ्रष्टाचार, बार्गेनिङ तथा गरीबदुखी बिपन्नवर्गमाथी गरिएको शोषणको बारेमा जानकारी दिन्छौँ । यसको कथा र पटकथा बर्दिया मालपोत कार्यालयले रचेको छ भने अहिले यसको नालीबेली बाहिर ल्याउँदछौँ ।
घटना विवरण
तत्कालीन समयमा नेपाल सरकार ले सुकुम्वासी समस्या समाधान आयोग बर्दिया जिल्ला अध्यक्ष निर्मल सुवेदी रहने र सुकुम्वासीहरुका समस्या समाधान गर्न सुकुम्वासी समस्या समाधान आयोग गठन गरेको थियो ।
यो आयोगकाे 2051/11/29 गते पेरहन्नि कर्मला लगायतका गाँउहरुमा रहेका सुकुम्वासीहरुलाइ जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न आवश्यक काम गरी निस्सा समेत उपलब्ध गरी सकेको थियो ।आयोग ले कित्ता कायम गरेको नापी,नक्सा कायम गरेको,फिल्ड बुक पलट रजिस्टर कायम गरेको,नेपाल सरकार ले निर्णय गरेको ,वडा कार्यालय बाट सरजमिन भएको 2051 साल देखि जाेतभाेग गर्दै आएको ,कित्ता अनुसार घर टहरा निर्माण गरी मालपोतहरू बुझाउँदै आइरहेकाे भय पनि करिब कर्मला गाउँका मात्रै 50/52 सुकुम्वासीका हैसियतले प्राप्त हुने कित्ता मध्य 7/8 वटा कित्ता का धनीहरुले प्रति कित्ता 70000/ सहत्तर हजार का दरले रकम बुझाएर लालपुर्जा प्राप्त गरेको र दुई कित्ता हुने हरूको 140000 एक लाख चालिस हजार सम्म सेटिङमा लिएको तथ्य बाहिरिएको छ भने रकम नबुझाएका वा वुझाउन नचाहनेहरुले हालसम्म जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्न सकेका छैनन् ,।
5/7 वटा यस्तै प्रकृति का फाइलहरू वैशाख महिनामा दर्ता गरी मोठ भिडाउन लिएर गएको मा विभिन्न बहाना मा काम नगरी माेठरहने कोठामा थन्क्याएर राखिदिएको मा नागरिक हरूको जन गुनासो बढेको छ ।
यस कारण यसरी सेटिङमा काम गर्ने , सुकुम्वासी बाट प्राप्त हुने जग्गाधनी प्रमाणपुुर्जा मा समेत मोटो रकमकाे आर्थिक चलखेल गर्ने ,भ्रष्ट नालायक जो कोहीलाई कारबाहीकाे दायरामा ल्याउन र आवश्यक शुल्क भन्दा बढी रकम नलिएर उनिहरूले प्राप्त गर्ने जग्गाधनी प्रमाण पुर्जा तत्काल उपलब्ध गराउन पर्ने दायित्वबाट पन्छिएको घटना अख्तियारमा लगिँदै छ । त्यसतै यस घटनामा नागरिक बचाउ महा-अभियान
भेरी अञ्चल कमिटी परिवारले चासो लिएको छ । उक्त महा-अभियानका सूचना तथा सञ्चार विभाग प्रवक्ता ऋषि राज पन्त र अध्यक्ष सहादत अलि गद्दीले आपत्ति जनाउनुभएको छ । त्यस्तै सूचना तथा सञ्चार विभाग प्रवक्ता पन्तले छोटो प्रतिक्रिया दिँदै सिधा फिल्डमा पत्रकारहरू पुगेर मालपोतले गरेको हर्कतको पर्दाफास गर्न आव्हान गर्नुभयो । त्यस्तै हामीले भूमि व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल, काठमाडौँका केन्द्रीय निर्देशक हरिकृष्ण सुवेदीसँग सम्पर्क गरेका थियौँ उहाँले भन्नुभयो ,"म बर्दिया गुलरिया मालपोतमा सम्पर्क गरेर बुझेर, कल ब्याक गर्छु, यदि त्यस्तो छ भने छानबिन गरी कानुको दायरामा ल्याउँछु ।"