दाङ । लमही नगरपालिका वडा नम्बर ७ नया बस्ती निवासी भागमल चौधरी अशक्त भएको धेरै बर्ष भएको छैन । आज भन्दा करिब १५ बर्ष अगाडि ठेकदार मार्फत देउखुरीको करङाखोलामा काठको काम गर्ने क्रममा चौधरी दुर्घटनामा पर्नुभयो ।
दुर्घटनामा परेको एक बर्ष भन्दा धेरै समय उहाँले बिस्तारामै बिताउनुभयो । आज भोलि भने बैशाखिको मद्दतले केही पाइला सार्न सक्ने हुनुभएको छ ।
आज उहाँले ह्विल चेयर पाएपछि खुशी हुँदै वडा कार्यलय लाई धन्यवाद दिनुभयो । "म यसरी हिडडुल गर्न पाउछु भनेर सोचेको थिएन अहिले वडा कार्यलय मेरो अभिभावक साबित भयो" चौधरीले सुनाउनुभयो ।
लमहि नगरपालिकाको वडा नं. ७ को वडा कार्यालयले एक कार्यक्रमको बीच पुर्ण रुपमा अपाङ्ग तथा अशक्त बनेका ८ जना नागरिकलाई ह्विल चेयर वितरण गरेको छ ।
वडा बासीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै ह्विल चेयर वितरण गरिएको हो ।
उक्त सामग्रीको वितरण वडा अध्यक्ष मोहन गिरिको अध्यक्षतामा भएको हो । वडावासीले कोरोनाको प्रकोपमा लक डाउनको पालन गरी सुरक्षा अपनाएकोमा धन्यवाद दिदै उहाँले स्वास्थ्य सामग्रीको वितरण वार्षिक योजना कार्यक्रम द्वारा गरिएको बताउनुभयो । उहाँले असहाय र अपाङ्गको साथमा वडा रहेको कुरा बताउनुभयो ।
त्यस्तै वडा सचिव सेर बहादुर चौधरीले बर्षा सुरु भएकाले शारीरिक अशक्त भएका मान्छेलाई असुविधा महशुस हुन नदिन उक्त सामाग्री वितरण गरेको बताउनुभयो ।
उहाँले बर्षामा अधिकांश वाटोमा अबरोध सिर्जना हुने भएकोले ह्विल चेयरले सहजता प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा वडासदस्य कुल बहादुर बुढा मगर, सुन माली बिक, पत्रकारहरु लगायत समाजसेवी बुद्धिजिवीको सहभागिता रहेको थियो ।