बर्दिया । मधुवन नगरपालिकाले बिहिवार बजेट ल्याएको छ । नगरप्रमुख गणेशबहादुर के.सी.ले आठौं नगर सभामा आर्थिक बर्ष २०७८/०७९ का लागी ८२ करोड ८१ लाख ९१ हजार ३ रुपैयाँको आयव्यय विवरण भएको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
प्रस्तुत बजेट मध्ये संघीय समानिकरणबाट रु. १४ करोड ६९ लाख, संघीय राजस्व बाँडफाँडबाट रु. ९ करोड ७५ लाख १४ हजार, संघीय सशर्त अनुदान रु. २४ करोड ६ लाख, संघीय बिशेष अनुदान रु. १ करोड ४२ लाख, संघीय समपुरक अनुदान रु. १ करोड ४३ लाख, प्रदेश समानिकरण अनुदानबाट रु. ६९ लाख ७२ हजार, प्रदेश राजस्व बाँडफाँडबाट रु. ८८ लाख ३ रुपैयाँँ, प्रदेश सशर्त अनुदान रु. १ करोड १५ लाख ४४ हजार, प्रदेश बिशेष अनुदानबाट रु. ७० लाख, प्रदेश समपुरक अनुदानबाट २ करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट रु. १८ करोड, सडक बोर्डबाट रु. २५ लाख, पि.एल.जि.सी.डि.पी.(PLGCDP) बाट रु. ३ लाख ६१ हजार, अस्पताल निर्माणबाट १ करोड ५० लाख र आन्तरिक आयबाट ६ करोड २५ लाखको श्रोतगत अनुमान गरि जम्मा रु. ८२ करोड ८१ लाख ९१ हजार ३ रुपैयाँको बजेट आएको छ ।
प्रक्षेपित बजेट मध्य चालु खर्च तर्फ रु.९ करोड ५० लाख, पुँजीगत खर्च तर्फ रु. २२ करोड ७६ लाख ८६ हजार ३ रुपैयाँ, संघीय सशर्त अनुदान रु. २४ करोड ६ लाख, संघीय बिशेष अनुदान रु. १ करोड ४२ लाख, संघीय समपुरक रु. १ करोड ४३ लाख, प्रदेश सशर्त अनुदान रु. १ करोड १५ लाख ४४ हजार, प्रदेश बिशेष अनुदान तर्फ रु. ७० लाख, प्रदेश समपुरक अनुदान तर्फ रु.२ करोड, सामाजिक सुरक्षा कार्यक्रम तर्फ रु. १८ करोड, सडक बोर्ड तर्फ रु. २५ लाख, अस्पताल निर्माण तर्फ रु. १ करोड ५० लाख, पि.एल.जि.सी.पी.(PLGCDP) तर्फ ३ लाख ६१ हजार गरि जम्मा रु. ८२ करोड ८१ लाख ९१ हजार ३ रुपैयाँँ खर्च प्रक्षेपण गरिएको छ।
यस मधुवन नगरपालिकामा "मधुवनको लक्ष्य, घर घरमा स्वास्थ्य" भन्ने मुल नाराका साथ स्वास्थ्यलाई बिशेष प्राथमिकता दिइएको छ ।
२५ शैया सहितको सुबिधा सम्पन्न अस्पताल निर्माण गरि बिपन्न परिवारलाई नि:शुल्क औषधी उपचारको ब्यवस्था गरिने बजेटमा उल्लेख छ ।
साथै वातावरण तर्फ "एक सामुदायिक वन, एक उद्दान, एक पानी पोखरीको अभियान संचालन गरि पर्यापर्यटनमा टेवा पुर्याउने र जैविक विविधताको संरक्षण गर्ने रहेको छ र बिपन्न नागरिकलाई मर्यादित रोजगारी प्रदान गर्न प्राथमिकता क्रममा परेका २३८ जना बेरोजगारलाई १०० दिनको रोजगारी सुनिश्चित गरिने बजेटमा उल्लेख छ ।
पयर्टनमा यस नगर क्षेत्र भित्र रहेका ड्ल्ला होम स्टे, खाता जैविक (करिडोर), नेपालको सबैभन्दा लामो पुल गेरुवा कर्णाली कोठियाघाट, भग्रैया ताल, ताराताल ताल र श्रीकैडा ताललाई ब्यवस्थित गरि पर्यटन भित्र्याई आय आर्जनमा टेवा पुर्याउने कार्य गरिनेछ।
अपाङ्ग्ता भएका ब्याक्तिहरुलाई रुचि र चाहना अनुसारको सिप तथा ब्यवशायिकता बिकास तालिममा जोड दिइने गरि बजेट प्रक्षेपण गरिएको छ ।