दाङ । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिएसँगै केंद्र, प्रदेश, र स्थानीय तहको बिभिन्न समितिको नेतृत्वका लागि उम्मेदवारी दिनेहरु सक्रिय देखिन थालेका छन् । १४ औ महाधिवेशन नजिकिदै गर्दा यसरी सक्रिय देखिनु स्वभाविक कुरो पनि हो । यसै महाधिवेशलाई मध्यनजर गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सभापतिमा दाङ निवासी प्रदीप राज शर्माले उम्मेद्वारी दिने तयारी गरेका छन् ।
नेपाली कांग्रेसको गरिमा र प्रतिष्ठालाई कायम राख्न पार्टीको पुनर्जागरण गरी वैचारिक नेतृत्व , आन्तरिक लोकतन्त्र र जनतामुखि संगठन निर्माण गरि युवालाई आकर्षण गर्न ,पार्टीको मातहतका संगठनहरुको नेतृत्व गरी नेपाली काँग्रेसको प्रदेश, संघ र नगरको निर्वाचनमा पार्टीलाई बिजय गराउन र सशक्त संगठनका निम्ति केन्द्रीय तहसँग समन्वय गर्दै भ्रातृसंगठन र विभागहरुको सुदृढिकरण र परिचालनमा महत्वपूर्ण भुमिका खेल्न,लोकतान्त्रिक आन्दोलनका योद्धा घाइते एवम् शहिद परिवारको सदा सम्मान गर्न उम्मेद्वारी दिने शर्माले बताएका छन् ।
नेपाली कांग्रेसको इतिहासको संरक्षण र सम्बर्धन गर्दै पार्टीका सबै तहका साथीहरुलाई नियमित प्रशिक्षित गर्न र अग्रज नेता ,प्रजातन्त्र सेनानी नेताहरुको सम्मान गर्दै यथोचित भुमिका प्रदान गर्न बदलिदों संघिय संरचना र पार्टी विधानमा आधारित रही नेपाली राजनितीलाई दिगो विकासको लक्ष्यसँग जोड्दै लैङिगक समानता र सामाजिक समावेशिकरणको सुनिश्चितता गरी लोकतान्त्रिक समाजवादको लक्ष्य उन्मुख हुन पार्टीको संस्थागत विकास र सुदृढिकरणका लागि सुचकहरु तयार गरी नेपाली कांग्रेसलाई थप गतिशिल बनाउन आफ्नो उम्मेद्वारी दिने तयारी गरेको शर्माले बताए ।
को हुन प्रदिप राज शर्मा ?
गणेशमान सिंह , कृष्णप्रसाद भट्टराईको सङ्गतमा र प्रेरणामा राजनीतिमा होमिएका शर्मा २०३८ सालमा नेविसंघ दाङको जिल्ला सदस्य भएका थिए ।
२०४२ सालको सत्याग्रहमा सक्रियता पूर्वक भागलिएका शर्मा २०४६ सालको जनआन्दोलनमा उपत्यका परिचालन समितीमा सदस्य भइ कार्यसम्पादन गरेका थिए ।
२०६२/६३ सालको जनआन्दोलनमा अर्जुननरसिंह केसी नेतृत्वको युवा परिचालन समितिको सदस्य भइ काम गरेका थिए । २०५६ सालको माघ १ गते आफ्नै घरबाट कम्लहरी उन्मुलन गरि कम्लहरी आन्दोलनमा होमिएका शर्मा लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा जन्मेर त्यहीँ कर्मभूमि बनाएका शर्मा काँग्रेस दिवंगत नेता नवीन्द्रराज जोशी निकट मानिन्थे ।
नेविसंघमा नविन्द्रराज जोशी हृदयराम थानी समूहमा काम गरेर पार्टीको पटक पटक महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि रहेका शर्मा रामचन्द्र पौडेल समूहमा क्रियाशील रहँदै नेता प्रकाशमान सिंह निकट छन् ।
लामो समय सहयात्रा गरेका नेता बालकृष्ण खाँड ,दीपक गिरी र चन्द्र भण्डारीले आफुलाइ सभापतिमा सघाउनेमा विश्वस्त देखिन्छन् ।
शर्मा २०५३ सालमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्ववियु सचिव भएका शर्मा २०५५ सालमा स्ववियु सभापति पदमा निर्वाचित भएका थिए ।
प्रदिप राज शर्मा एक निडर र लगनसिल नेताका रुपमा स्थापित भएका ब्यक्ती हुन । उनी हरेक युबाका लागि रोजगारी सहितको राजनितीको नीति औल्याउँदै आइरहेका छन भने हरेक ठाउमा बोल्दै समेत आएका छन ।