बर्दिया । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वय तथा बारबर्दिया नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बर्दियाको संयूक्त आयोजनामा पानीजन्य आपतकाल आधारभूत खोज तथा उद्धार तालिम बारबर्दिया नगरपालिकामा सम्पन्न भएको छ ।
बारबर्दिया नगरपालिकाका वार्ड नं. १, २, ३, ४, ५, ११ बबईको वाढीबाट बढी जोखिममा रहेको र सोको तत्काल खोज तथा उद्धार कार्यमा सधै अभाव खडकिने भएकोले बारबर्दिया नगरपालिकामा बनेको स्थानिय विपद् तथा जलवायू उत्थानसिल योजनाका अनुसार बिपद्को बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धार कार्यमा प्रयोग हुने उद्धार सामाग्री र जनशक्तीको पूर्वतयारी स्वरुप ३ दिने आधारभूत पानीजन्य आपतकाल तथा खोज उद्धार तालिम कार्यक्रमको आयोजना गरिएको हो ।
शसस्त्र प्रहरी बल नेपाल ३१ नंं गणको समन्वय अनुसार शसत्र प्रहरी निरीक्षक बिशाल पाण्डे, नवराज शाही र जिल्ला विपद् व्यवस्थापन सिमितका विपद् फोकल पर्सन नारायण प्रसाद ढकाल, नेपाल रेडक्रस सोसाइटी जिल्ल शाखा बर्दियाका सभापति कृष्ण प्रसाद गौतम, कोषाध्यक्ष चक्र बहादुर थापा, रेडक्रस मार्फत जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रमा कार्यरत सूचना व्यवस्थापन अधिकृतले तालिमको सहजिकरण गर्नु भएको थियो ।
सोहि क्रममा बाढीको कृतिम घटना अभ्यास पनि सम्पन्न गरिएको छ । घटना अभ्यासमा उद्धार गरि ल्याइएका घाइतेहरुलाई नेपाल रेडक्रस सोसाइटीका प्राथमिक उपचारक टोलीले प्राथिमक उपचार सेवा प्रदान गरि नजिकको एम्बुलेन्सद्धारा नजिकको अस्पतालमा पठाउने कार्य भएको छ । सोे वाढीको कृतिम घटना अभ्यासमा सबै सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।
विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि बनाईएको जिल्ला विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०७८ मनसुन पूर्वतयारी कार्ययोजना र स्थायिय विपद् जलवायू तथा उत्थानसिल योजना अनुसार प्रभावकारीताका लागि गुरुवागाउँको बबई नदि नजिक कार्यक्रम आयोजना गरिएको हो ।
बारबर्दिया नगरपालिका बन, वातावरण तथा विपद् शाखाका संयोजक टेक बहादुर बिकको अध्यक्षतामा संचालन भएको तालिममा प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका संयोजक सन्त बहादुर सुनारले तालिमले बाढीका वखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामाग्रीको पुर्वतयारी गर्न सहयोग पुगेको वताउनुभयो । “यस्ता तालिम तथा अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारीता हुने छ । मनसुन सकृय रहेको र वाढी आइ हालेमा त्यसको प्रतिकार्य गर्न नगरपालिका र जिल्ला तयारी अवस्थामा रहेको छ" प्रजिअ सुनारले वताउनु भयो ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका प्रमुखहरु, बारबर्दिया नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, जिल्ला विपद् व्यवस्थापन समितिका फोकल पर्सन, नेपाल रेडक्रस सोसाइटी बर्दियाका सभापति, उपसभापति, कोषाध्यक्ष, उपशाखा बारबर्दियाका सभापति बिष्णु प्रसाद ज्ञवाली, वडा नं. ४ अध्यक्ष मान बहादुर चौधरी, पत्रकार महासघका उपसभापति मेनुका चौधरी, संचारकर्मीहरु लगायत समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो । सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले गर्नु भएको थियो ।