बर्दिया । मधुवन नगरपालिका वडा नं.-६ सानोश्रीमा SEE र कक्षा ८ मा उतिर्ण भै सर्वोत्कृष्ट हुने छात्रछात्रालाई एक/ एक थान ल्यापटप र साईकल एक कार्यक्रमका बीच विद्यार्थी र अभिभावकलाई हस्तान्तरण गरिएको छ ।
वडाअध्यक्ष विद्यार्थी प्रोत्साहन कार्यक्रम अन्तर्गत SEE र कक्षा आठ ८ मा सर्बोत्कृष्ट अङ्क ल्याउने एक/ एक जना छात्र छात्रालाइ ल्यापटप तथा साइकल बितरण गरीएको हो ।
मधुवन नगरपालिका वडा नं।-६ ले आफ्नो वडा भित्र SEE र कक्षा ८ मा उत्कृष्ट हुने छात्रछात्रालाई गत आर्थिक वर्ष २०७४/०७५ देखी प्रोत्साहन स्वरुप ल्यापटप र साईकल बितरण गर्दै आइरहेको छ ।
वडा नंवर ६ का अध्यक्ष भक्त बहादुर सुनारले आफ्नो वडामा रहेका विद्यालयहरुबाट सर्वोत्कृष्ट भएका ४ जना छात्र-छात्रालाई प्रत्येक बर्ष विद्यार्थी प्रोत्साहन कार्यक्रम अन्तर्गत ल्यापटप र साईकल प्रोत्साहन स्वरुप दिने गरेको बताउनुभयो ।
मधुवन नगरपालिकामा २८ वटा विद्यालय रहेको र प्रत्येक विद्यालयमा यस किसिमको कार्यक्रम गरेमा शिक्षामा नयाँ आयाम थपिने वडा नं.-६ का वडा सदस्य ईन्द्र बहादुर शाहीले बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद कुल प्रसाद पोख्रेलले विद्यालय सबैको साझा संस्था भएकोले ब्यक्ती प्रधान नभएर निति प्रधान हुनु पर्ने बताउँदै सर्वोत्कृष्ट हुने छात्रछात्राहरुलाई अझ मेहनत गरेर अगाडि बढ्न शुभकामना दिनुभयो ।
कार्यक्रमका अध्यक्ष सुनारले शिक्षामा नयाँँ आयाम थप्नका लागी विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम ल्याएको बताउँदै सर्वोत्कृष्ट हुने छात्रछात्राहरुको उज्ज्वल भविश्यको लागि शुभकामना दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा लुम्बिनी प्रदेशका सांसद कुल प्रसाद पोख्रेल हुनुहुन्थ्यो भने अतिथिहरुमा गुराँस माद्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका शिक्षक शिक्षिका, अभिभावक संघ अध्यक्ष र अभिभावकहरुको उपस्थिती रहेको थियो ।