दाङ । दाङको लमहीमा तपाइको मास्क खै ? अभियान शुरु भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले बजारमा चहल पहल अत्याधिक मात्रामा बढन थाले संगै नागरिकहरुलार्ई मास्क लगाउन आग्रह गर्ने उद्धेश्यका साथ तपाईको मास्क खै ? अभियान शुरु गरिएको छ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेस्वर खनालका अनुसार कोरोना संक्रमणको जोखिम कायम रही रहदा पनि मास्क नलगाई हिड्न थालेपछि सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान चलाउनु परेको हो ।
देउखुरीको लमही बजारमा मास्क नलगाई हिँड्ने व्यक्तिहरुलाई देउखुरी उद्योग बाणिज्य संघ लमहीले निशुल्क मास्क वितरण गरेको थियो भने बजारमा मास्क लगाउन आग्रह गर्दै माईकिङ गर्ने , मास्क नलगाएका व्यक्तिलाई सम्झाउने-बुझाउने लगायतका कामहरु भएको थियो ।
"हाल कोरोना भाइरसको संक्रमण कायमै छ । लकडाउन खुकुलो भयो भनेर धेरै जना मास्क विना नै बजारमा ओहोरदोहोर गर्ने गरेको देखिएको छ जसले गर्दा संक्रमण फैलन सक्ने जोखिम बढी छ" कोरोना सचेतना तथा तपाइको मास्क खै ? अभियानमा खटिएका वडा प्रहरी कार्यलय लमहिका प्रहरी सहायक निरीक्षक पुरन मल्लले बताउनुभयो । यस्तै हो भने बजारहरुमा निस्कदा मास्क नलगाउनेलाई कार्बाही गर्न बाध्य हुने मल्लको भनाइ छ ।
त्यस्तै देउखुरी उद्योग बाणिज्य संघका सदस्य नुमाकान्त बोहराले यो अभियान संचालन गर्नै पर्ने देखिएर निसुल्क मास्क दिदै सम्झाएर बुझाएर मास्क लगाउन अनुरोध गरेको बताउनुहुन्छ । "अहिले बजारमा हिडडुल गर्ने धेरै जसो मानिस मास्क नलगाइ हिडने गरेको छरपस्ट देखिएको छ । कोरोना संक्रमणको संकट कायमै रहेको अवस्थामा अझै मास्क र भौतिक दुरि आवश्यक छ" बोहोराले भन्नुभयो ।
तपाइको मास्क खै ? अभियानमा देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेस्वर खनाल, उपाध्यक्ष केशब राज पोख्रेल, सदस्य नुमाकान्त बोहोरा, हरि थापा, भेष राज भट्टराई, गणेश घिमिरे , सल्लाहकार बिमला घिमिरे, सल्लाहकार डिल्ली राज खनाल, सुरक्षाकर्मी, ट्राफिक प्रहरी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।